बागलुङ, असार १५ गते । बागलुङको गलकोट नगरपालिका–८ काँडे बाँसको बिसौनामा गए राती गएको पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ ।
घर माथिबाट खसेको पहिरोले घर पुरिँदा ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्तीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले दिएको जानकारी अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।