Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पत्रकार महासङ्घको निर्वाचन सम्बन्धमा दोहोरो चरित्र : न हुन्छ न हुन्न - Brighter khabar


असार १५, पत्रकार महासङ्घको निर्वाचनलाई लिएर दोहोरो चरित्र देखिएको छ । विज्ञप्ति जारी गर्दै  वर्तमान परिवेशमा निर्वाचन गर्न नसकिने जनाएको  निर्वाचन समितिले सोही विज्ञप्तिमा तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको कुरा पनि छुटाएको छैन । 
यसरी महासङ्घले तोकिएको समयमा निर्वाचन न त हुन्छ भन्न सकेको छ न हुँदैन नै भन्न सकेको अवस्था छ । 

पछिल्लो समय पत्रकारितामा उदाएका धेरै जसो विभिन्न विधाका पत्रकार जो कुनै पनि पार्टी निकट छैनन् उनीहरूलाई सङ्घ र सङ्घका विभिन्न शाखाहरूले समावेश गर्न नमानिरहेको अवस्थामा महासङ्घको यस्तो विचार आएको हो । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय  समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको असार २२ गते तोकिएको निर्वाचनलाई लिएर निर्वाचन समितिले उक्त विचार सहितको विज्ञप्ति जारी गरेको हो । 

''निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया अगाडि बढी रहेको अवस्थामा तत्काल सृजित असहज वातावरणका कारणले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी गराइन्छ ।'' विज्ञप्तिमा भनिएको छ ।

''निर्वाचन समिति नेपाल पत्रकार महासङ्घले तोकेको समय मिति २०८१/०३/२२ मा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराउन चाहन्छौँ ।''  पुन उक्त विज्ञप्तिमा थपिएको छ ।

विज्ञप्तिको पूरा विवरण : 

''नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको असार २२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम सुचारु रहेको विदितै छ। 

निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया अगाडि बढी रहेको अवस्थामा तत्काल सृजित असहज वातावरणका कारणले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी गराइन्छ ।


तथापि निर्वाचन समिति नेपाल पत्रकार महासङ्घले तोकेको समय मिति २०८१/०३/२२ मा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराउन चाहन्छौँ ।''

Top Post Ad

post bottom ads

Ads Bottom