असार १४, रुकुम पश्चिममा आज बिहान करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका -८, घोरखानीकी ६७ वर्षीया झुपा देवी रोकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज पोखरेलका अनुसार मकै गोड्ने क्रममा करेन्ट लागेर रोकाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका ६० वर्षीया सुकी ओली, ६० वर्षीया शुसिला ओली र ३२ वर्षीया जमुना बुढा ओली रहेका छन् ।
घाइते तीनै जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्लेमा ल्याइएको प्रहरीले बताएको छ ।