Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

 सेन्ट मेरिज विद्यालयद्वारा  सार्वजनिक स्थान र विद्यालयहरूमा सरसफाइ कार्यक्रम सम्पन्न - Brighter khabar


पोखरा ,
वातावरण दिवसको अवसर पारेर पोखरा १५ नयाँ गाउँस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयका विद्यार्थीहरूले विविध क्षेत्रमा गएर सरसफाइ गर्नुका साथै सरसफाइ सामग्री हस्तान्तरण गरेका छन्। 

विद्यालयका छात्राहरूले पोखराको विन्दवासिनी मन्दिर राम मन्दिर कृष्ण मन्दिर ज्येष्ठ नागरिक केन्द्र १५, शिव मन्दिर बौद्ध अर्गौँ सदन, गीता मन्दिरमा गएर सरसफाइ गरी सरसफाइका सामग्री हस्तान्तरण गरेका छन् ।

पोखरामा अवस्थित विभिन्न विद्यालय कुँडहर आधारभूत विद्यालय , सिद्ध माध्यमिक विद्यालय,  मसिना आधारभूत विद्यालयमा गई सेन्ट मेरिज विद्यालयका शिक्षक कर्मचारीको सहायतामा विद्यार्थीहरूले विद्यालय परिसर सफा गरी वृक्षारोपण कार्यक्रम गरेका थिए ।

विद्यालयका प्राचार्य सिस्टर जेसीको निर्देशनमा यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिकतामा पनि सहयोग पुग्ने कुरा व्यक्त गर्नुभएको थियो।

साथै सरसफाइ सँगै समाजमा सचेतना कार्यक्रम समेत गरिएको विद्यालयका  शिक्षक सुमन अधिकारीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom