Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा पहिरोका दुई घटना : सुतेकै अवस्थामा दुई जनाले ज्यान गुमाए  - Brighter Khabar

सांकेतिक तस्विर 

पोखरा , असार १२ गते ।  कास्कीमा  गए रातीदेखि  परेको अविरल वर्षाका कारण गएको पहिरोका कारण दुई जनाको ज्यान गएको छ । 

राति सवा दुई बजेको समयमा कास्की मादी गाउँपालिका वडा नं. ५ चिते पानी घुम्ती बस्ने प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरमा पहिरोले क्षति पुर्‍याउँदा सुतिरहेको अवस्थामा दुई जना मृत भेटिएका हुन् । 

कोठामा सुतेका २ जना (नातिनी र हजुरआमा) मध्ये नातिनी वर्ष १३ की आयुस्मा रानाभाट पहिरोले पुरी मृत अवस्थामा फेला  परेकी हुन् भने हजुरआमा ७० वर्षीय  लालमाया बन्जारलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त घरमा राती २ जना मात्र सुतेको र  घरको पछाडिको भागमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले जनाएका छन् ।

त्यस्तै  पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटामा पनि राति ३ बजे गएको पहिरोमा परि ३ वर्षीय  अनमोल सुनारको ज्यान गएको छ  । त्यस्तै अनामोलकी आमा  २७ वर्षीय  रितु सुनार घाइते भएकी छिन्  । घाइते रितुलाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । आफन्तका अनुसार  उनको अवस्था चिन्ताजनक रहेको छ । सोही घरमा सुतेका  २ जना (हरि सुनार र छोरी वर्ष ९ की अञ्जलि सुनार) को  सकुशल उद्धार गरिएको छ  घरमा पहिरोले  पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom