Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरगोठमा चट्याङ पर्दा दुई भैँसी मरे - Brighter khabar


जेठ ३१, ताप्लेजुङमा चट्याङ लागेर दुई माउ भैँसी मरेका छन् । जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा मङ्गलबार राति चट्याङ लागेर दुईवटा भैँसी मरेका हुन् ।


तिरिङ्गेका वडाध्यक्ष पूर्णबहादुर तिवारीका अनुसार स्थानीय सन्तबहादुर भट्टराईले पालेका दुई वटा भैँसी चट्याङ लागेर मरेका छन् । चट्याङ लागेर भैँसी मर्दा एक लाख १० हजारका दरले दुई लाख २० हजार रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष तिवारीले बताउनुभयो । उहाँका अनुसार भट्टराईका छोरी विनीता चट्याङ लागेर सामान्य घाइते हुनुभएको छ । 


घाइते विनीताको स्वास्थ्य चौकीमा उपचार गराउनुभएको बताइएको छ । राति करिब १ः३० बजेतिर वर्षा र मेघ गर्जनसहित चट्याङ परेको स्थानीय विजय डाँगीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom