जेठ ३२ गते । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् ।
शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । उहाँले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
अञ्जलीले नौ वर्षीय विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रालाई विषय खुवाएर हत्या गरेको हुनसक्ने स्थानीयले जनाएका छन् । प्रवक्ता चन्दका अनुसार घटनास्थलको प्रकृति हेर्दा बिहीबार बेलुका नै घटना भएको हुनसक्ने देखिन्छ ।
प्रारम्भिक चरणमा घटनाको अवस्था हेर्दा हत्यापछि आत्महत्या जस्तै नै देखिएको उहाँले जनाउनुभयो । घटना र घटनास्थलको अवस्था शङ्कास्पद नदेखिएको उहाँले जनाउनुभयो । मृतकहरुको शरीरमा चोटपटक तथा बाहिरी घाउ देखिएको छैन भने तीनैजनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी उहाँले दिनुभयो ।