Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा सुन जस्तो पहेँलो धातु बेचेर भाग्दै गरेका दुई  भारतीय नागरिक छोरेपाटनबाट पक्राउ  - Brighter Khabar


पोखरा, जेठ ३१ गते । पोखरामा सुन जस्तो पहेँलो धातु देखाई ठगी गर्ने २ जना भारतीय नागरिक पक्राउ परेका छन् । 

भारत उत्तर प्रदेश घर भएकी वर्ष ७१ की प्रभा देवी र सोही स्थानको ४२  वर्षीय  राम नारायण सुलेङीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले बुधवार दिउसो पौने २ बजेको समयमा सृजना चोकमा प्लास्टिक पसल गरी बस्ने ५२ वर्षीय  व्यवसायीलाई उक्त नक्कली सुन बिक्री गरी बुटवलतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले छोरेपाटनबाट पक्राउ गरेको गरेको हो 

सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद चार लाख  लिई भागेको भन्ने हुलिया सहितको सूचना प्रहरीलाई प्राप्त भएको थियो । 

सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी कन्ट्रोल रुमबाट मातहत प्रहरी कार्यालयहरूलाई जानकारी गराइएको थियो  ।

पोखरा छोरेपाटन बरकोबोट स्थितमा प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले पोखरादेखि बुटवलतर्फ जाँदै गरेको हाईसलाई रोकी चेकजाँच गर्दा उनीहरूलाई तीन लाख नब्बे हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

निजहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom