Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखाको रान्डी खोलामा जेसिबी दुर्घटना - Brighter khabar


असार १४ गते । गोरखामा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गोरखा नगरपालिका – ११ रान्डी खोलामा भएको दुर्घटनामा जेसिबी चालक गोरखा नगरपालिका – १३ देउराली घर भएका वर्ष २४ का ईश्वर भट्टराई घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ  । 


प्रहरीका अनुसार गोरखा सदरमुकामबाट तेह्र किलो हुँदै छेपे टार तर्फ जाँदै गरेको अन टेस्ट नम्बरको जेसिबी बिहीबार बेलुका ७ बजे दुर्घटनामा परी सडकबाट ५० मिटर तल खसेको हो । ओरालो ढलान बाटो भएकाले ब्रेकमा समस्या आएर दुर्घटना परेको हुन सक्ने अनुमान गरिएको छ । 


घाइते चालकलाई स्थानीय र प्रहरीको सहयोगमा जिल्ला अस्पताल गोरखामा पुर्याई उपचार भइरहेको बताइएको छ । घाइते चालकको टाउको र हातको भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


साथै यस सम्बन्धमा थप  अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom