Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको ज्यान गयो, सयभन्दा बढीलाई अस्पताल भर्ना - Brighter khabar


जेठ ६, भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको ज्यान जानुका साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जनाएका छन् । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको बताइएको छ ।


घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको तमिलनाडु राज्यका मुख्यमन्त्रीले बताउनु भएको छ । अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उहाँले बताउनुभएको मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।


घटनासँग सम्बन्धित सय भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई उद्धृत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


तामिलनाडुका राज्यपालले सामजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्नुभयो ।


गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom