Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको ज्यान गयो - Brighter Khabar


जेठ २०, कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको ज्यान गएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका १ कपासीमा एक जनाको ज्यान गएको हो।


ईमिलियाबाट आफ्नो छोरीलाई भेटेर फर्किने क्रममा सन्धिखर्क नगरपालिका ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न घरबाट निस्किएका थिए। जेठ १७ गते साँझ साढे ६ बजे तिर उहाँ कपसीको कडेँल टोलमा मृत अवस्थामा फेला पर्नुभएको हो।


बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिनुभयो। शुक्रबार मात्र उहाँको पहिचान खुलेको थियो।


इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको बताउनुभयो।


मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने उहाँको भनाइ छ। मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाको अवस्था राम्रै रहेको बताउनुभयो।  


एक सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण जिल्लाका पालिकाले विद्यालय बिदा गरेका छन्।   

Top Post Ad

post bottom ads

Ads Bottom