Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सजिलै भर्ती गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पोखराबाट धर्मराज थापा पक्राउ - Brighter khabar


जेठ २७ गते , पोखरा  । नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ  । सजिलै भर्ती गराइदिन्छु भनी झुट्टा आश्वासन दिलाई पटक पटक गरी  १,७०,००० रुपैयाँ रकम ठगी गरेको भन्ने सूचनाको आधारमा  पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ बस्ने वर्ष २७ का घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।
आफू पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक रहेको र नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु नेपाली सेनामा सजिलै भर्ती गराइदिन्छु भनी झुट्टा आश्वासन दिलाई रकम ठगी गरेको पीडितको  दाबी छ  ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निज घर्मराज थापालाई पोखरा म.न.पा. वडा नं. ५ जिरोबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom