Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरीमा पसेका सिवाकोटी घोप्टो अवस्थामा मृत भेटिए - Brighter khabar


जेठ २४ गते । मोरङको कानेपोखरी –७ आइतबारेका देवीप्रसाद शिवाकोटीको पानीमा डुबेर मृत्यु भएको छ । 


५३ वर्षीय शिवाकोटीलाई साँझ स्थानीयले  पानीमा घोप्टो परेको देखेपछि उद्धार गरी उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएका थिए । अस्पताल पुग्दा शिवाकोटीको मृत्यु भइसकेको थियो । 


अस्पतालका चिकित्सकलाई उदृत गर्दै  छिमेकी अरविन पौडेलले शिवाकोटीको केही समय अघि नै मृत्यु भइसकेको थियो ।  


मृतकको शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ । मादक पदार्थ पिएर हिड्ने शिवाकोटी एक्लै बस्दै आउनुभएको थियो ।  

Top Post Ad

post bottom ads

Ads Bottom