Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लमजुङमा रातको समयमा पहिरोले तीन घर बगाउँदा चारजना बेपत्ता - Brighter khabar

सांकेतिक तस्विर 

असार १२, अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् ।


स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।


त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ ।


पहिरोकै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom