Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा हराएका ९ वर्षीय बालक मृत भेटिए - Brighter Khabar


पोखरा -  कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका  ९ वर्षीय गणेश विकको शव आइतबार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । 

प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरी टोलीले हराएका बालकलाई  खोजतलास गर्दै जाँदा  कदम बोटे सुरौती खोला पुरलिङ जोड्ने निर्माणाधीन पुल बनाउन जग खनेको खाल्डोमा पानी जमेको र उक्त खाल्डोमा निज बालकले लगाएको चप्पल मात्र फेला परेको थियो   ।

 सोही खाल्डोमा बालक मृत अवस्थामा फेला परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव २० फिट गहिराइबाट निकालेको हो । 

Top Post Ad

post bottom ads

Ads Bottom