Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लिएको ऋण तिर्न नपर्ने भनी छिमेकीको ज्यान लिने गणेश प्रहरीको नियन्त्रणमा - Brighter Khabar


जेठ २५, दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– १ पुष्पा क्षमावतीमा  झन्डै एक वर्ष अघि ७७ वर्षीय झिलक बहादुर विश्वकर्माबाट दुई लाख रुपैयाँ सापट लिएका गणेश घिमिरे हत्याको आरोपमा पक्राउ परेका छन् ।

घिमिरेले वृद्ध झिलक बहादुरको ऋण तिर्न नपर्ने ठानी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

घरमा नदेखिएका मृतक झिलबहादुर हराएको र गाई बाख्रा कराई रहेको भन्दै छिमेकीले जेठ १९ गते प्रहरीलाई खबर गरेका थिए । 

खोज्दै जाँदा घरमुनि बारीमा मृतक विश्वकर्माको शव किरा परेको र घाटीमा चेप्टो ढुङ्गाले थिचिएको अवस्थामा भेटिएको थियो । 

काठमाडौँ बस्दै आएका गणेश घिमिरे दिवालीको लागि जेठ ८ गते घर आई झिलक बहादुर हराएकै दिन १७ गते राति परिवारलाई थाहै नदिई काठमाडौँ फर्किएको र उनले मृतकसङ पैसा समेत सापट लिएको जानकारी पाएपछि हत्यामा उनको हात हुनसक्ने आशङ्का सहित प्रहरीले  अनुसन्धान अघि बढाएको थियो  ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र प्रदेश प्रहरी कार्यालय बनेपाको प्राविधिक सहयोग तथा प्रहरी वृत्त मालिगाँउको समन्वयमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलीले जेठ २३ गते बिहान उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रारम्भिक बयानमा अभियुक्त घिमिरेले मृतकसङ लिएको ऋण तिर्न नपर्ने ठानी उनको हत्या गरेको बताएका छन् ।

 घटना सम्बन्धमा  थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom