Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा आँधिखोलाले बगाउँदा एक जना युवकको ज्यान गयो - Brighter Khabar


असार १२, स्याङ्जामा आँधिखोलाले बगाउदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं.-१४ पुतलीखेत बस्ने बर्ष ३५ का सुर्य भण्डारी रहेका छन् ।


गएरातिदेखि परेको अबिरल वर्षासँगै उर्लियको आँधिखोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सकृयतामा दिउँसो २:३० बजे शव फेला परेको थियो ।


घटनावारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रवहादुर रानाले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom