Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेवातालमा माछा मार्न गएका सुक बहादुरको डुबेर ज्यान गयो - Brighter khabar


पोखरा -  फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । 

बुधवार पोखरा महानगरपालिका वडा नम्बर  १८ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा बागलुङ  घर भई हाल  पोखरा वडा नं. १८ खपौदी बस्ने ३३ वर्षीय  सुक बहादुर मगरको ज्यान गएको हो ।

दिउसो पौने पाँच  बजे तिरको समयमा खपौदी स्थित फेवातालमा माछा मार्ने  क्रममा सुक बहादुर डुबेको भन्ने खबर प्रहरीकोमा पुगेको थियो ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको थियो । 

अस्पताल पुर्‍याइएको करिब एक घण्टा पछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए  ।


Top Post Ad

post bottom ads

Ads Bottom