Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा अवैध चिरुवा काठसहित ट्रक नियन्त्रणमा - Brighter Khabar


पोखरा, कास्की पोखरा महानगरपालिका १ जौ बारी स्थित पोखरा बागलुङ सडक खण्डमा प्रहरीले  अवैध काठ ढुवानी गरिरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा शनिवार  बिहान ६ बजे  याम्दीबाट हरीचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रकलाई अवैध काठसहित पक्राउ गरिएको हो ।

ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा चिरुवा काठ (फल्याक) लोड गरी ल्याएको पाइएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजात साथमा नभएको कारण उक्त काठ (फल्याक) सहित ट्रकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  ट्रकलाई  थप अनुसन्धान तथा आवश्यक कारवाईको लागी डिभिजन वन कार्यालय बगर कास्कीमा पठाइएको छ  । 


Top Post Ad

post bottom ads

Ads Bottom