Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मित्र मिलन सहकारी ठगी सम्बन्धी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ - Brighter khabar


पोखरा, जेठ २७ गते ।  मित्र मिलन सहकारी ठगी सम्बन्धी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जेठ  २५ गते वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँ शुक्लागण्डकी नगरपालिका  वडा नं. १ कोत्रेबाट मित्र मिलन सहकारी संस्थाका पूर्व अध्यक्ष पोखरा महानगरपालिका वडा नं. २१ कृस्ती बस्ने वर्ष ३० का भरत भट्टराई र सोही सहकारीका गैह्र सदस्य वर्ष २८ का सुवास अधिकारीलाई  पक्राउ गरेको हो ।

आइतबार उनीहरूलाई कसुर अभियोग बमोजिम सजायकोलागि कास्की जिल्ला अदालत समक्ष पेस गरिएको कास्की प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom