Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोलमा तार तान्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो - Brighter khabar


जेठ ३२, पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –७, बस्ने ३१ वर्षीय बाबुराम घर्ती रहेको प्रहरीले जनाएको छ । 


रैनादेवी छहरा –२, सर्देवामा विद्युत्को पोलमा तार तान्ने क्रममा करेन्ट लागेर अर्घाखाँचीस्थित दुर्गे कन्स्ट्रक्सनमा कार्यरत घर्तीको मृत्यु भएको हो । 


बिहीबार बिहान सर्देवामा फलामको पोलमा चढेर तार तान्ने क्रममा करेन्ट लाग्दा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

Top Post Ad

post bottom ads

Ads Bottom