Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गृहकार्य नियमित नगरेको भनी बालकलाई सजाय दिएका शिक्षक प्रहरीको नियन्त्रणमा - Brighter Khabar


पोखरा, जेठ २१ गते । गृहकार्य नियमित नगरेको र अक्षर नराम्रो भएको भनी बालकलाई सजाय दिएका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

कास्की पोखरा महानगरपालिका वडा नं. ३२ स्थित रहेको युनिभर्स इङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई होमवर्क नियमित नगरेको र अक्षर नराम्रो भएको भनी सजाय दिएका शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीकोमा  बालकको संवेदनशील भाग (पछाडि) लट्ठीले प्रहार गरी घाइते बनाएको भन्ने जाहेरी  परेको थियो  । 

जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

उक्त कसुरमा १ वर्ष सम्म कैद र रु.५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom