Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्री प्रचण्डको गितार उपहार - Brighter khabar


असार १२,   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन्  । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका हुन्  ।


प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै  सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।


सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास समेत व्यक्त गरे ।

Top Post Ad

post bottom ads

Ads Bottom