Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्रोत नखुलेको ६९ लाखसहित चार जना पक्राउ, आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाइयो - Brighter Khabar


जेठ २४, स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।


सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नम्बरको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको रु ६९ लाख पाँच हजारसहित पक्राउ गरेको हो ।


उनिहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom