Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो , छ घाइते - Brighter Khabar


जेठ ६, रुकुम पश्चिममा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका -१२, का २५ वर्षीय गोपाल खत्री रहेका छन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नबराज पोखरेलका अनुसार घाइते हुनेमा वडानम्बर -१२, का ४२ वर्षीय बलु जैसी, १२ वर्षीया कल्पना ओली, ४३ वर्षीय शदर शर्मा र वडानम्बर -११, का ९ वर्षीय बालक डिल्ली डाँगी रहेका छन् ।


त्यस्तै चौरजहारी नगरपालिका -५, का २० वर्षीय विकास कुमाइ र २३ वर्षीय चालक लक्ष्मण कुमाइ पनि दुर्घटनामा घाइते भएका छन् ।


दुर्घटनाका घाइते सबै जनलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी लगिएको छ । चौरजहारी स्थित सानाखोलाको भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुङगा बोकेको क.प्र.०३००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom