Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते - Brighter khabar

 


असार ३, नवलपरासीको खरकट्टा जङ्गलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

नवलपुरको कावासोती नगरपालिका  ८ खरकट्टा जङ्गल स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६-००२ प ६६० नं. को मोटरसाइकललाई विपरीत दिशा बाट आउँदै गरेको ना ५ ख ६८८३ नं. को  बसले ठक्कर दिएको हो ।  

नारायणगढ डन्डा चल्ने उक्त लोकल बसले ठक्कर  दिँदा मोटरसाइकल चालक गोरखा पालुङ टार न.पा.६ गाई खुर बस्ने अ.वर्ष ३० का सुमित लुइँटेलको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

लुइँटेलको अवस्था गम्भीर रहेको छ। दुर्घटना पश्चात् फरार रहेका बस चालक तर्क बहादुर पुनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको  छ।

Top Post Ad

post bottom ads

Ads Bottom