Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै बाख्रा चराउन गएका एक पुरूषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु - Brighter khabar


पूर्वी नवलपरासीको मध्यविन्दुमा हावाहुरिको कारण रुख ढलेर च्यापिदा एक पुरूषको मृत्यु भएको छ ।


मध्यबिन्दु नगरपालिका-१२ स्थित ठुलोपोखरा सामुदायिक बनमा आज बिहान बाख्रा चराउन गएका एक पुरूषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो ।


बिहान करिब ८:३० बजेको समयमा बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्र बहादुर थापालाई हावाहुरिको कारण रुख ढलेर च्यापेको र घटनास्थलमा तत्कालै प्रहरी गई च्यापिएको रूखबाट थापालाई बाहिर निकाल्दा नै मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

Top Post Ad

post bottom ads

Ads Bottom