Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पानस बचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया सँगै सहकारी शिक्षा कार्यक्रम सम्पन्न - Brighter Khabar


पोखरा, जेठ २७ गते । पोखरमा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम र पूर्ण बैठक  सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा  पो.म.न.पा सहकारी विभागका दर्ता  अधिकारी अनिल कार्कीले प्रशिक्षण दिनुभएको थियो । 

त्यस्तै संस्थाका शिक्षा उपसमितिका संयोजक श्याम श्रेष्ठले प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष दुर्गा बहादुर थापाले स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा निर्वतमान अध्यक्ष इन्द्र‌मान चौहान र कार्यसमितिका पदाधिकारी, सदस्य, विभिन्न उपसमितिका संयोजक र सदस्यहरू  ,  शेयर सदस्य  तथा  कर्मचारी गरी ६० जनाको उपस्थिति रहेको संस्थाका अध्यक्ष रिमालले बताउनुभयो  ।

संस्थाका प्रबन्धक धनेन्द्र गुरुङले आर्थिक गतिविधि सम्बन्धमा प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव डुक प्रसाद काफ्लेले गर्नुभएको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom