Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारागारका कर्मचारीसहित कैदीबन्दीहरु होटलमा मदिरा सेवन गरिरहेको भेटिएपछि - Brighter khabar


कञ्चनपुरमा प्रहरीले होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका कर्मचारीसहित कैदीबन्दीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले कारागार नजिक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका खरिदार जीवन पन्त, कैदीबन्दी भुवन थापा र उनका साथी अमरसिंह थापालाई पक्राउ गरेको हो ।


उनीहरुलाई भीमदत्त नगरपालिका २ भासीस्थित पन्त होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले बताउनुभयो । पक्राउ परेका तीनै जनामाथी छानबिन भइरहेको प्रहरीले जनाएको छ । थापा कारागारका नाइके हुन् ।


उक्त घटनापछि प्रहरीले कारागार सुरक्षामा रहेका कारागार सुरक्षा प्रमुख समेत परिर्वतन गरेको छ । ९५ जना कैदी क्षमता रहेको कञ्चनपुर कारागारमा हाल साढे पाँच सय कैदीबन्दी रहेका छन् ।


सुरक्षा समवेदनशिलता भएको कारागारमा कार्यरत कर्मचारी नै कैदीबन्दीले मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom