Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चोरीको मोटरसाइकल घिसार्दा घिसार्दै पोखराबाट एक युवक पक्राउ - Brighter Khabar


पोखरा, जेठ २१ गते ।   पोखरामा  मोटरसाइकल चोरी गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । 


 कास्की पोखरा महानगरपालिका वडा नं. १४ सितलटोलमा पार्किङमा रोकी राखेको ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाइकलमा नक्कली चाबी प्रयोग गरी चोरी गर्ने युवालाई प्रहरीले सार्वजनिक गरेको हो । 


वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट केही पर उक्त मोटरसाइकल घिसार्दै लगिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १४ शितलटोल बस्ने वर्ष २१ को सुवास तामाङलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । 


निजलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७  दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom