Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोलमा ३ रुपियाँ र डिजेलमा १ रुपियाँले मूल्य घट्यो - Brighter Khabar


जेठ १९, नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो । 


अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने  मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ ।


यसअघि पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो । घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको हो । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ 

Top Post Ad

post bottom ads

Ads Bottom