Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चिया पसलबाट नक्कली नोटको कारोबार , दुई जना पक्राउ - Brighter khabar


जेठ २७, नक्कली नोटसहित  प्रहरीले काठमाडौँको कलङ्कीबाट दुई जनालाई  पक्राउ परेका छन्।
चिया पसल सञ्चालक ४७ वर्षीय तारादेवी डङ्गोल र नागार्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीय नीलिमा श्रेष्ठलाई  जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली नोटको कारोबार गरेको आरोपमा पसलबाटै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तारादेवीको पक्राउ पछि अनुसन्धान गर्दा नीलिमा श्रेष्ठको संलग्नता देखिएको हो ।

शनिवार राति प्रहरीले तारादेवीलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट नेपाली एक हजार दरको ५ सय १४ थान, करिब ९५ लाख १४ हजार बराबरको नक्कली नोट बरामद गरिएको थियो।

उनीहरू दुवै जना माथि थप  अनुसन्धान अघि बढाइएको छ प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom