Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा जेठ महिनामा मात्रै आपराधिक घटनाका ६५ प्रतिवादी पक्राउ - Brighter Khabar

सांकेतिक तस्विर 

 


पोखरा -  कास्कीमा  ६५ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । ज्येष्ठ १ गते देखी ऐ.३२ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  जालसाजी मुद्दामा ६ जना, चेक अनादर मुद्दामा २४ जना, लागू औषध सम्बन्धी मुद्दामा ८ जना, सवारी ज्यान सम्बन्धी मुद्दामा २ जना, चोरी सम्बन्धी मुद्दामा ७ जना, जबरजस्ती करणी मुद्दामा १ जना, अभद्र व्यवहार मुद्दामा ९ जना, आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा १ जना, बैङ्किङ कसुर मुद्दामा २ जना, सुनाखरी सङ्कलन तथा चोरी निकासी सम्बन्धी मुद्दामा १ जना, घरेलु हिंसा सम्बन्धी मुद्दामा १ जना, लिखत सम्बन्धी कसुरमा १ जना र ठगी सम्बन्धी कसुरमा १ जना रहेको कास्की प्रहरीले जनाएको छ ।

निजहरूबाट ८ वर्ष १ दिन कैद सजाय र पैँतिस लाख सन्तानब्बे हजार पाँच सय बयासी रुपैयाँ जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom