बिहीबार बिहान ३ बजेको समयमा आरुघाट गाउँपालिका –९ स्थित सुन्दरबस्तीका आइतसिं विकले पालेका ४ बर्से गाईलाई गोठमा बाँधिरहेको अवस्थामा फुकाएर लगी आरुघाट गाउँपालिका –९ बुढीगण्डकी नदी किनारमा खुकुरी र दाउ प्रयोग गरी हानेर मारेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
आरोपी हाउडे भन्ने सबिन बिकलाई शुक्रबार आरुघाटबाट खटिई गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । घट्नास्थलबाट गाई मार्न प्रयोग भएका हातहतियार खुकुरी र दाउ, गाईको टाउको, खुट्टा प्रहरीले बरामद गरी प्रमाणको रूपमा पेस गरेको जनाएको छ ।
पक्राउ परेलगत्तै हाउडे भनिने सबिन बिकलाई शुक्रबार पशुपन्क्षीसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपी गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।