Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट र त्यसका फ्लेवरहरू सहित पाँच जना पक्राउ - Brighter khabar

 

असार ७, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध भेप (इलेक्ट्रिक चुरोट) र त्यसका फ्लेवरहरू सहित पाँच जनालाई पक्राउ गरेको छ।


बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा विहीबार राती ८ बजे हेटौंडा–११ थानाभर्‍याङमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्ली जान लागेको ना.६ ख ७१६३ नम्बरको यात्रु बाहक बस चेकजाच गर्दा करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको विभिन्न फ्लेवरका अवैध भेपसहित उनीहरुलाई पक्राउ गरेको हो ।


प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै भन्सार छलेर अवैध भेप ओसारपसारमा सलग्न दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय बस चालक सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको हो ।


बस र बरामत भेप आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom