Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बढ्दो गर्मी छल्न तिनाउ खोलामा पसेका एक जनाको डुबेर ज्यान गयो - Brighter Khabar


जेठ २७, पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित तिनाउ खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।


बढ्दो गर्मी छल्न तिनाउ खोलामा नुहाउने क्रममा डुबेर भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।


शनिबार मध्यान्ह साथीहरुसँगै खोलामा नुहाउन पुगेका अहमद नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


अहमदसँगै आएका २ जना साथीहरुले खोलाबाट उद्धार गरेर अहमदलाई अस्पताल पुर्‍याएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही वैशाख र जेठ महिना गरि तिनाउ खोलाम डुबेर तीन जनाको मृत्यु भइसकेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom