Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रातको समयमा बालिकाको कोठामा पसी जबरजस्ती मुख थुनी बलात्कार गरेको आरोपमा एक जना पक्राउ - Brighter Khabar


जेठ २७, नाबालिकालाई बलात्कार गरेको आरोपमामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भवानी गाउँपालिका –५, पर्सा बस्ने २० वर्षीय मुकेश पासवान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 


उहाँका अनुसार जेठ २२ गते मंलबार बेलुका १२ बजेको समयमा १५ वर्षीय नाबालिलाई कोठामा प्रवेश गरी बलजबस्ती मुख थुनी जबरजस्ती बलात्कार गरेको उनीमाथि आरोप छ । पीडित नाबालिकाको जाहेरी दरखास्तका आधारमा बलात्कारी आरोपी मुकेश पासवानलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  


पक्राउ परेलगत्तै आरोपी मुकेश पासवानलाई करणी उद्योग कसुर शीर्षकमा शुक्रबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom