Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक वृद्धको मृत्यु - Brighter khabar


तनहुँ, असार ९ गते । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एक वृद्धको मृत्यु भएको छ ।  आँबुखैरेनी गाउँपालिकामा वडा नं. ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा उहाँको शुक्रवार मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क वर्ष ५४ को डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा पाँच जना बिरामी परेका थिए ।

 प्रनाउ रायका अनुसार बिरामी भएकाहरूमध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिलबहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङ, तनहुँको आँबुखैरेनी अस्पतालमा  वर्ष ९२ को रणबहादुर गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त हुनुहुन्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom