Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रिमाल समाज गण्डकी प्रदेशको अध्यक्षमा गोकुल रिमाल निर्वाचित - Brighter Khabar

 


पोखरा- रिमाल समाज गण्डकी प्रदेशको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । 

जेठ १९ गते शनिवार रिमाल समाज गण्डकीका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा समाजको दोस्रो अधिवेशन  सम्पन्न भएको हो ।

अधिवेशनले  उपाध्यक्षमा नरबहादुर रिमाल, कोषाध्यक्षमा  गङ्गा रिमाल, सचिवमा  सन्दीप रिमाल, सहसचिवमा सुशील रिमाल तथा सदस्यहरूमा ऋषिराम रिमाल, यामप्रसाद रिमाल, गणेश रिमाल, लक्ष्मण रिमाल, भवानी शङ्कर रिमाल पुरुषोत्तम रिमाललाई  निर्वाचित गरेको हो ।

समाजका केन्द्रीय महासचिव रबी रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको  उक्त कार्यक्रममा  विशेष अतिथिमा कु.न.पा. १४ का अध्यक्ष रुद्र मोहन रिमाल , कु. न.पा. १२ का वडा अध्यक्ष झलक रिमाल र सल्लाहकारहरू महेन्द्र रिमाल , लालु प्रसाद शर्मा रिमाल, डिल्ली राम रिमाल लगायतको  उपस्थिति रहेको थियो ।

संस्थाका सचिव झलक प्रसाद रिमालले सञ्चालन गरेको कार्यक्रममा  प्रदेशका विभिन्न स्थानका रिमाल बन्धुहरूको उपस्थित रहेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom