Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा इन्द्रचोकबाट हराएको क्रसफायर सहित तनहुँका एक युवा पक्राउ - Brighter Khabar


असार १० गते , पोखरा । मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

आइतबार राति १० बजेको समयमा पोखरा १० इन्द्रचोकबाट हराएको मोटरसाइकल सहित प्रहरीले तनहुँ बन्दिपुर गा.पा. वडा नं. २ देप्चेटोल बस्ने वर्ष २० को विशाल मगरातीलाई पक्राउ गरेको हो । 

इन्द्रचोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रस फायर मोटरसाइकल गए राती हराएको थियो । 

निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom