Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणी नदीमा डुबेर एक बालिकाको मृत्यु - Brighter Khabar


असार १, पूर्वी नवलपरासीको त्रिवेणी स्थित नारायणी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर उद्धार गरिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार स्थानीय चन्दन गुप्ताकी १३ बर्सिया छोरी आँचल गुप्ता गण्डक ब्यारेज पुल वाट नारायणी नदीमा खस्दा डुबेर मृत्यु भएको हो ।


गण्डक ब्यारेज पुलमा खेल्ने क्रममा आँचल एक्कासि नदीमा खसेको पौडेलले जानकारी दिनु भयो । उनको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom