Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिग्रिएर रोकिएको बोलेरो पिकअपमा स्कुटी ठोक्किँदा स्कुटीमा सवार दुईजनाको ज्यान गयो- Brighter Khabar


झापाको मेचीनगर नगरपालिका वडा न. १२ धाईजनमा बुधबार राती सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मेची राजमार्गमा बिग्रिएर रोकिएको बोलेरो पिकअपमा स्कुटी ठोक्किँदा स्कुटीमा सवार रहेका दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


राती करिब ११ बजेतिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटीले हाइवेको बायाँ साइडमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घटना भएको थियो ।


दुर्घटनामा गम्भीर घाइते बन्नुभएका बुद्धशान्ति गाउँपालिका ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र सोही स्कुटीमा पछाडि सवार इलाम रोङ गाउँपालिका बहुवन बस्ने २९ वर्षीय चेतन रिजालको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom