Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हेर्नुहोस् जेठ २२ गते मंगलबारको तपाइको राशिफल - Rashifal


मेष : दैनिकी सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको लगानी जोखिममा पर्नेछ। शिक्षामा गरेको लगानीबाट भने फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। पारिवारिक साथ मिल्नेछ।


वृष :हर्ष बढ्नेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा उत्साह बढ्नेछ।


मिथुन : आम्दानी राम्रो हुनेछ। व्यापारमा गरेको लगानीलेभन्दा स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने प्रगति हुनेछ।


कर्कट :आम्दानी बढ्नेछ। व्यापार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनेछ।


सिंह : समय राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। स्थिर रहदा परिवारको सहयोग मिल्नेछ।


कन्या : आज उत्साह बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यवहार गर्दा परिवारको साथ मिल्नेछ। हरेक क्षेत्रमा प्रगति हुने दिन छ।


तुला : धेरै कमाउने भन्दा पनि जोगाउने कुराले सताउन सक्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा भन्दा कृषिमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मन जानेछ।


वृश्चिक : दिन राम्रो छ। श्रमले उचित मूल्य पाउनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नती हुनेछ। सोचेर मात्र लगानी गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।


धनु : दिन राम्रो छ। हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक क्षेत्रमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सहयोग मिल्नेछ।


मकर : खर्च बढ्ने दिन छ। ठूलो लगानी नगर्नु राम्रो हुन्छ। शत्रु बढ्नेछन्। वैदेशिक रोजगारीले भने मत शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।


कुम्भ : चञ्चल मन भएकाले अस्थिर हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। पारिवारिक क्षेत्रमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


मीन : सहयोग गर्ने भन्दा खुट्टा तान्ने र कुरा काट्नेहरु बढ्नेछन्। श्रम लगानी गरेको क्षेत्रमा उन्नती हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

Top Post Ad

post bottom ads

Ads Bottom