Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा अर्जुनचौपारीका खनालको साउदीमा ज्यान गएपछि परिवारमा बज्रपात, शव आउनै ३ महिना - Syangja Update


स्याङ्जा -  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ का नारायण प्रसाद खनालको मृत शरीर ज्यान गएको ३ महिनापछि स्वदेश आइपुगेको छ । 

परिवारको गुजारा चलाउन  भनी केही समय अगाडी साउदी अरब पुगेका ३३ वर्षीय  खनालको बाटो काट्ने क्रममा ३ महिना अगाडी साउदीमा  ज्यान गएको र धेरै प्रयास पछि मात्रै शव नेपाल ल्याउन सकिएको अर्जुनचौपारी  गाउँपालिका वडा नम्बर ५ का सदस्य टेकनाथ खनालले जानकारी दिनुभयो  । 


मृत्यु भएको ३ महिना पुगिसक्दा पनि सरकारी पक्षबाट शव ल्याउन कुनै पहल हुन नसक्दा समस्या माथि समस्या थपिएको थियो ।  ''३ महिना पश्चात् अति नै सङ्घर्ष गरी कुनै  प्रकारको क्षति पूर्ति बिना नै शव  जन्म घर सम्म आई पुगेको छ ।'' जनप्रतिनिधि सदस्य खनालले भन्नुभयो ।


परिवारका अनुसार  मृतक नारायण कार्यरत कम्पनीले क्षतिपूर्ति साथै केही महिना अगाडिदेखिको तलब भत्ता समेत दिएको थिएन । उनी साउदीको असमको(ASAMCO) नाम गरेको कम्पनीमा कार्यरत थिए ।

परिवारको कमजोर आर्थिक अवस्था भएकाले यति बेला नारायणको परिवार बिचल्लीमा परेको वडा सदस्य खनालले बताउनुभयो ।  यति बेला घरमा नारायणका ७२ वर्षीय बुवा, ६२ वर्षीय आमा, उनकी श्रीमती र २ छोराछोरी छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom