Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा स्कुल बस दुर्घटना अपडेट - ज्यान जानेको सङ्ख्या २, बाँकी घाइतेहरूको पूरा विवरण - Brighter khaba


साउन १३, पोखरास्थित एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस आज विहान दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या २ पुगेको छ ।


मृत्यु हुनेमा विद्यालयका कार्यालय सहयोगी पोखरा-२१ बस्ने ३३ वर्षीय आरती विक र सोही स्थान बस्ने६ वर्षीय विद्यार्थी प्रिन्स विक रहनु भएको छ। मृतक आमा छोरा रहेको बुझिएको छ।


आज बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए।


घाइतेमध्येहाल१३जनाकोगण्डकीमेडिकलकलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ। उहाँहरुको अवस्था सामान्य छ भने अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट लागेको छ।


गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरु :-

१) जिल्ला  कास्की पोखरा म.न.पा.२१ कृष्ती बस्ने वर्ष ९को अनमोल बि.क., अबस्था मध्यम।

२) ऐ.ऐ. बस्ने बर्ष ५को रोशन बराल, अबस्था मध्यम।

३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम।

४) ऐ.ऐ. बस्ने बर्ष ६को योना गुरुङ, अबस्था मध्यम।

५) ऐ.ऐ. बस्ने बर्ष १३की डिना गुरुङ, अबस्था सामान्य।

६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम।

७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य।

८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., अबस्था सामन्य।

९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम।

१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम।

११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य।


१२) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२की सिम्रन बि.क.,अबस्था मध्यम।

१३)) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम।


पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइत‍ेहरु:-

१)जिल्ला कास्की पोखराम.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम।

२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमनमगर, अबस्था मध्यम।

३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम।

४) ऐ.ऐ. बस्ने बर्ष ७को रिजन मगर, अबस्था मध्यम।

५) ऐ.ऐ. बस्ने बर्ष १२को रामकृष्ण नेपाली, अबस्था मध्यम।

६) ऐ.ऐ. बस्ने बर्ष २को अंकित खत्री, अबस्था मध्यम।

७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।

८) ऐ.ऐ. बस्ने बर्ष ७को अस्मित बि.क., अबस्था मध्यम।

९) ऐ.ऐ. बस्ने बर्ष ३०की सुमित्रा सुनार, अबस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अविभावक) ।

१०) ऐ.ऐ. बस्ने बर्ष २को निर्दोष सुनार, अबस्था मध्यम।

११) ऐ.ऐ. बस्ने बर्ष ३०की सपना आले, अबस्था मध्यम, (शिक्षक) ।

१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम।


मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-

१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेकबहादुर भुजेल, अबस्था मध्यम, (बस चालक) ।

२) ऐ.ऐ. २१रामदी बस्ने बर्ष ८को निशान सुनार, अबस्थासमान्य।

३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम।

Top Post Ad

post bottom ads

Ads Bottom