Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अटो दुर्घटनामा परी एक जनाको ज्यान गयो , ८ घाइते - Brighter khabar


साउन ५, मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाईते भएका छन् ।


अटो दुर्घटनामा परी कमलामाई नगरपालिका १३ का अन्दाजी ३५ बर्षकी मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । मृतक मन्दिराका छोरा ११ बर्षका तिर्थ राज पौडेल र ९ बर्षकी छोरी सबिना पौडेल घाईते भएका छन् ।


गोलन्जोर गाउँपालिका वडा नं. ३, बन्दिजोर खोला स्थीत देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–००१ ह १३७१ नम्बरको अटो गैरी गाउँबाट ग्वालटारतर्फ जाँदै गरेका पैदल यात्रीलाई ठक्कर दिई सडकबाट अन्दाजी ३० मिटर तल खसेर  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


दुर्घटनाका अन्य घाईतेहरुमा गोलन्जोर गाउँपालिका २ बित्तिजोरका अन्दाजी ६० बर्षका शरे बहादुर सार्की, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी ४० बर्षकी राम माया गोले, गोलन्जोर गाउँपालिका ४ तिनकन्याका अन्दाजी ३३ बर्षका सन्तोष तामाङ, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी २२ बर्षकी एकुमाया दमाई, गोलन्जोर गाउँपालिका ३ का अन्दाजी .६१ बर्षका लोक बहादुर काकी र अटो चालक सिन्धुली गोलन्जोर गाउँपालिका २ का अन्दाजी ५५ बर्षका भिम बहादुर ठकुरी रहेको प्रहरीले जनाएको छ  ।


घाईतेहरुको स्थानिय सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom