Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काज किरिया गरेर सकेको साढे ७ महिनापछि शव घरमा - Brighter khabar


असार २८ गते । मोरङको लेटाङ –४ का ५१ वर्षीय शङ्कर चौधरीको शव साढे ७ महिनापछि नेपाल आएको छ । बैदेशिक रोजगारको शिलशिलामा बिगत २० वर्षअघि साउदीअरव जानु भएका चौधरीको गत पुस १९ गते  मृत्यु भएको थियो । तत्काल शव नआउने भएपछि परिवारले पुसमै काजकिरिया गरिसकेका थिए । 


साउदीअरवबाट केही दिनअघि शव नेपाल आएपछि परिवारका सदस्यसहित लेटाङ नगरपालिकाका निवर्तमान नगरप्रमुख शङ्कर राई, वडा ३ का निवर्तमान वडाध्यक्ष देवराज चाम्लिङ लगायत काठमाडौंमा शव बुझ्नु भएको थियो । 


पछिल्लो पटक १३ वर्षअघि नेपाल आएर साउदी गएपछि चौधरी नेपाल फर्किनु भएको थिएन । पारिवारिक स्रोतका अनुसार श्रीमती दुई छोरा, एक बुहारी र एक छोरीका अभिभावक चौधरीको बसाइमा कानुनी समस्या भएपछि उहाँको शव आउन ढिलो भएको थियो ।  

Top Post Ad

post bottom ads

Ads Bottom