Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेतमा काम गर्न जाने क्रममा खोलाले बगाएर १० वर्षीया बालिकाको ज्यान गयो - Brighter khabar


असार २७ गते । हेटौँडामा वर्षासँगै आएको खोलाको भेलले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । हेटौँडा–१८ स्थित बरौली खोलाले बगाएर १० वर्षीया रसमती बलको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खेतमा काम गर्न जाने क्रममा  चिप्लेर खोलामा खस्दा स्थानीय धनबहादुर बलकी छोरी रसमतीको मृत्यु भएको प्रहरीको भनाइ छ । 


प्रहरी चौकी ठुलोदमारमा खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले  घटनास्थलबाट अन्दाजी. ५०० मिटर तल पानीमा मृत अवस्थामा बालिकाको शव फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom