Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गुडिरहेको ट्रकमा आगो सल्किएपछि जलेर नष्ट - Brighter khabar


साउन १३ गते । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो । 


आइतवार बिहान लमही नगरपालिका –९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ  ।  


ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्  ।  


ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको थियो । चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom