Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाका थापा लागू औषध सहित आफ्नै कोठाबाट पक्राउ - Brighter khabar


पोखरा -  कास्की प्रहरीले  लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले स्याङ्जा बिरुवा गा.पा. वडा नं.०२ घर भई हाल  पोखरा म.न.पा. वडा नं.१४ मझेरी पाटन बस्ने वर्ष ३२ को अर्ण बहादुर थापालाई औषध सहित पक्राउ गरेको हो ।

थापाको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध गाँजा ३०० ग्राम, नाईट्रोभ्याट १४४ चक्की र नगद रु.४,७८० फेला परेको प्रहरीले जनाएको छ ।

थापालाई  नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom